Section 11
शेयरवालाको दर्ता किताब
(१) कोषले प्रत्येक शेयरवालाको नाम तोकिएको ढाँचाको दर्ता किताबमा तोकिएबमोजिमको विवरण समेत खुलाई दर्ता गरी राख्नु पर्नेछ । (२) उपदफा (१) बमोजिमको दर्ता किताबमा दफा १० बमोजिम शेयर हस्तान्तरण भएमा वा धितो बन्धक दिएमा वा दाखिल खारेज हुने भएमा सो को व्यहोरा समेत जनाई दर्ता किताब अध्यावधिक बनाई राख्नु पर्नेछ ।